‘ओमिक्रोन’ भेटिएपछि त्रास : लकडाउन हुँदैन
२० मंसिर, काठमाडौं । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) नेपालमा भेटिएपछि त्रास फैलिएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमाफर्त नेपाल आएका एक विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन पुष्टि गरेको छ ।
बाहिर मुलुकमा ओमिक्रोन फेला परेपछि लकडाउन गरिएको छ । नेपालमा पनि ओमिक्रोन भेटिएपछि लकडाउन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रालयले भने बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ ।
मन्त्रालयले सरकारले लकडाउनबारे केही निर्णय नगरेको र लकडाउन नहुने जनाएको छ । लकडाउनको साट्टो ओमिक्रोनका सम्भावित संक्रमितलाई निगरानीमा राख्ने र कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी बनाइएको छ ।
मन्त्रालयले सबैलाई आत्तिनुभन्दा पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न र आफ्नो पालोमा खोप लगाउन आग्रह गरेको छ ।
सरकारले नेपालमा ओमिक्रोन फेला परे पनि लकडाउन नहुँने बताइरहँदा सामाजिक सञ्जालमा फेसबुक, टिकटक, ट्वीटरलगायतमा आममानिसले भने पहिलेकै स्थिति पैदा भएको भन्दै लकडाउन हुने चिन्ता व्यक्त गरेका छन् ।
हालसम्म करिब ४० देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखा परिसकेको छ । स्वास्थ्य विज्ञहरुले यो कोरोनाभन्दा खराब भेरियन्ट रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्