ओमिक्रोन देखा परेपछि इजरायलमा विदेशी आवगमनमा रोक

१२ मंसिर, इजरायल ।  कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेपछि इजरायलले विदेशीहरुको आवगमनमा रोक लगाएको छ।

त्यहाँका अधिकारीहरुका अनुसार विदेशीहरुलाई १४ दिनसम्म आवगमनमा रोक लगाएको हो।

frontline

एक जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले आज रातिदेखि नै लागू हुनेगरी सो निर्णय गरेको बताइएको छ। 

विश्व स्वास्थ्य संगठनले ओमिक्रो भेरियन्ट खतरनाक रहेको र दक्षिण अफ्रिकामा यो भाइरस देखिएको भन्दै अन्य देशलाई सचेत गराएको थियो। अहिले विश्वका धेरै देशले हवाइ उडान प्रतिबन्ध लगाएका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here