ओमिक्रोन त्रास : विल गेट्सले गरे छुट्टी योजना रद्ध

९ पुस, क्यालिफोर्निया  । संसारभर बढ्दो ओमिक्रोन भेरियन्ट संक्रमणका कारण माइक्रोसफ्टक संस्थापक विल गेट्सले आफ्नो छुट्टी योजना रद्ध गरेका छन् ।

ओमिक्रोन भेरियन्ट खतरनाक रहेको भन्दै उनले आफ्नो छुट्टी योजना रद्ध गरेका हुन्।

frontline

संसारकै धनाढ्य व्यक्तिको सूचीमा समेत रहेका विल गेट्सले मंगलबार ट्विटरमार्फत नजिकिँदै गरेको क्रिसमस र नयाँ वर्षको उपलक्ष्यमा तय भएको छुट्टी र भ्रमण योजना रद्ध गरेको बताएका हुन् । ‘

ओमिक्रोन भेरियन्ट दिनप्रतिदिन फैलिदै गएको छ । जबसम्म  संक्रमण सामान्य बन्दैन तबसम्मका लागि मैले मेरा सबै छुट्टी योजनाहरु स्थगित गरेको छु’ ट्विट्मार्फत उनले भनेका छन्, ‘आशा छ यो अवस्था चाँडै नै सामान्य बन्नेछ ।’

उनले आफ्ना नजिकका साथी एवम् सहकर्मीमा ओमिक्रोन संक्रमण देखा परेको समेत जानकारी दिएका छन् ।

साथै उनले ट्विटरमार्फत कोभिड संक्रमणबाट सबैलाई सर्तक र सुरक्षित रहनसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here