ओमिक्रोन तीव्र रुपमा फैलिरहेको छ, हल्का नलिन डब्लुएचओको चेतावनी

२३ पुस, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिरहेको बताएको छ ।

यसका कारण तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणले विश्वभरका स्वास्थ्य सेवामा दबाब बढेको डब्लुएचओका प्रमुख डाक्टर टेड्रोस गेब्रेयससले बताएका छन् ।

frontline

जेनेभामा भएको एक पत्रकार सम्मेलनमा टेड्रोसले चेतावनी दिँदै भनेका छन् कि ओमिक्रोनले हुने रोग डेल्टा भेरियन्टभन्दा कम गम्भीर देखिन सक्छ तर यसलाई हल्का रूपमा लिनु हुँदैन ।

उनले भने, ‘ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा कम खतरनाक त देखिन्छ, विशेषगरी खोप लगाइएकाहरूका लागि ।

तर यसको अर्थ यसलाई हल्का भन्नु पटक्कै होइन । पहिलेका भेरियन्टजस्तै ओमिक्रोनका संक्रमितहरु पनि अस्पतालहरूमा भर्ना भइरहेका छन् ।’

यसपटक कोरोना संक्रमणको ‘सुनामी’ तीव्र गतिमा बढ्दै गएकाले स्वास्थ्य सेवामा दबाब बढिरहेको उनले बताए ।

विश्वभरका अस्पतालहरूमा अहिले भीड बढिरहेको छ।

अमेरिकामा तीव्र गतिमा फैलिरहेको यो भेरियन्ट भारतमा पनि रातारात दोब्बर तेब्बर गतिमा बढिरहेको छ ।

सीमा जोडिएको हुनाले नेपालमा पनि यसको असर देखिन थालेको छ, पछिल्लो समय नेपालमा पनि संक्रमण पुनः बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here