ओमिक्रनको त्रास : सीमामा कडाई, उडान स्थगित हुनसक्ने

फाइल तस्बिर

२४ पुस, काठमाडौं । कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रन भित्रिएपछि त्रास बढेको छ । कोरोना संक्रमित ह्वात्तै बढेका छन् ।

विद्यालय तहमा समेत कोरोना संक्रमण फैलिएको छ । यसलाई दृष्टिगत गरी सरकारले उच्च सतर्कता अपनाउने गरी कदमहरु चाल्न थालेको छ ।

frontline

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र निर्देशक समिति (सीसीएमसीसी) को बैठक सिंहदरबारमा बसेको छ ।

बेठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । जसमा उडान सुरक्षा, सीमामा कडाईको विषय पनि थियो ।

प्रधानमन्त्रीले खोप अभियानबारे पनि जानकारी लिएका थिए । खोपको अवस्था र बुस्टर डोजबारे स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी गराएका थिए ।

गृहमन्त्री बालकृष्ण खाँणले सीमा नाकाहरुमा भएका व्यवस्थापनहरुबारे जानकारी गराएका थिए ।

सीमानाकाबाट आवतजावत् गर्नेहरुको पीसीआर र एन्टिेजन टेष्टको दायरा बढाउने निर्णय समेत भएको गृहमन्त्री खाँणले जानकारी दिएका छन् ।

सीमा नाकामा कडाई गर्नेबारे छलफल भएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताए । होल्डिङ सेन्टरको क्षमता वृद्धि गरेकोबारे ब्रिफिङ गरेका थिए ।

बैठकमा सीमा नाका बन्द देखि उडान स्थगित बारे समेत कुरा उठेको थियो । आवश्यक पर्दा त्यसका लागि समेत तयार रहनेबारे छलफल भएको बुझिएको छ ।

कोरोना यसरी नै बढ्दै गएमा सीमानाका बन्द देखि उडान स्थगित हुने सम्मको निर्णय लिइने गरी सरकारले तयारी गरेको विश्वस्त स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here