ऐतिहासिक चिहान पत्ता लगाउने जिम्मा भेडालाई

सोमबार, काठमाडौं । ऐतिहासिक चिहानहरु पत्ता लगाउनु तथा त्यसलाई उत्खनन् गर्नु कुनै पनि देशमा सहज काम पक्कै होइन ।

यसका लागि समय, अनुसन्धान, श्रोतसाधन र मेहेनतको आवश्यकता पर्दछ ।

frontline

सम्भावित चिहानहरुको खोजी तथा उत्खननको काम प्रायः पूरातत्वविद र विज्ञहरुले गर्दछन् जो सँग पूराना चिहानहरु कसरी सुरक्षित ढंगले खोतल्ने भन्ने ज्ञान तथा उत्खननका लागि आवश्यक सबै सरसामाग्रीहरु हुन्छन् । तर आयरल्याण्डमा भने ऐतिहासिक चिहान पत्ता लगाउने जिम्मा भेडाहरुलाई दिइँदैछ ।

झारपात तथा घाँसको पलाएका कारण हराएका चिहान उत्खनन्‌का लागि भेँडाले सहयोग गर्ने भएको हो ।

ऐतिहासिक कर्क सिमेन्ट्रीमा चिहानमाथि पलाएका घाँस खाएर सफा गर्नका लागि भेडाहरु भाडामा लिइएको छ ।

निश्चित रुपमा भेँडाहरुको काम नै चिहान क्षेत्रमा प्रशस्तै पलाएको घाँस खाइदिएर सफा गर्नु हुनेछ ।

भेँडाले अन्य उत्खननको काम गर्ने छैनन् तर उत्खनन गरिने क्षेत्रमा गर्नुपर्ने यस्तो प्रारम्भिक सरसफाइका लागि भेँडा निकै उपयोगी हुने पुरातात्विक टुल्सको रुपमा प्रयोग गर्न सकिने विज्ञहरुको भनाइ छ ।

भेँडाले चिहानहरुमाथि पलाएको घाँस खाएर सफा पारिदिएपछि विज्ञहरुले चिहानहरु उत्खनन गर्नेछन् ।

यसअघि वेल्समा पनि अन्त्येष्टी स्थलको सफाइका लागि भेँडाको प्रयोग निकै प्रभावकारी बनेको थाहा पाएसँगै कन्जरभेटिभ एण्ड क्रिस्चियन डेमोक्रेटिक पार्टी फिन्ना फाल्मका काउन्सेलर अन्ड्री बुकलेले क्रासह्याभेनस्थित सेन्ट म्याथ्यू अन्त्येष्टिस्थलमा भेँडाको प्रयोग गर्ने प्रस्ताव गरेका थिए ।

वेल्समा सन् १८७२ को अक्टोबर ७ मा मृत्यु भएकी एउटी २ वर्षीया बालिकाको चिहान भेँडाकै सहयोगमा पत्ता लगाइएको थियो ।

पूराना अन्त्येष्टी स्थलहरु पत्ता लगाउने तथा संरक्षण गर्ने कार्यमा संलग्न स्वयंसेवी समूहहरुले पछिल्लो समय भेँडाको सहयोग लिने गरेका छन् ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here