एसएसपी सौरभ राणालाई डीआईजीमा बढुवा गर्न सिफारिस

श्रोत : ईन्टरनेट

काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई प्रहरी नायब महानरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याजी उनलाई बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

frontline

डीआईजी सहकुल बहादुर थापाको एआईजीमा बढुवा भएपछि एउटा दरबन्दी खाली थियो ।

राणा एक वर्ष अघि धरानकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए । सुनसरी जिल्ला अदालतले उनलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here