एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको तेस्रो जित
शनिबार, काठमाडौँ । केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च लिग वान फुटबलको नयाँ सिजनमा पीएसजीले लगातार तेस्रो जित दर्ता गरेको छ ।
लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा पिएसजीले ब्रेस्टलाई ४–२ को फराकिलो अन्तरले हरायो ।
पिएसजीका लागि २३औँ मिनेटमा हरेरा, ३६औँ मिनेटमा एमबाप्पे, ७३औँ मिनेटमा गुआई र ९०औँ मिनेटमा एन्जल डी मारियाले गोल गरे ।
ब्रेस्टका लागि ४२औँ मिनेटमा होनोरात र ८५औँ मिनेटमा मोउनीले गोल गरे ।
प्रतिक्रिया दिनुहोस्