एमालेले स्थायी कमिटीको बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक आज बस्दै छ । प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार आज दिउँसो १ बजेका पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरि बैठक बोलाइएको छ ।

११औँ महाधिवेशनपछि स्थायी कमिटीको यो पहिलो बैठक बस्न लागेको हो । एमालेको स्थायी समितिमा केन्द्रीय पदाधिकारीसहित २७ जना रहेका छन् ।






प्रतिक्रिया दिनुहोस्