एमालेको अधिकांश जिल्ला अधिवेशनको परिणाम (सूचीसहित)

५ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेको अधिकांश जिल्ला अधिवेशनको परिणाम आएको छ। एमालेका ६४ जिल्ला अधिवेशन र दुई विशेष जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएका हुन्। 

पर्सा, सिन्धुपाल्चोक, चितवन र दैलेख गरी चार जिल्लामा अधिवेशन उद्घाटन भएपछ‍ि नेतृत्व चयन गर्न बाँकी रहेको एमालेले जनाएको छ।

frontline

धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरु कोभिङ–१९ महामारीको संक्रमणलाई ध्यानमा राखेर तय गरिने बताइएको छ।

 एमालेले पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गरेको हो।

एमाले पार्टी केन्द्रीय कार्यालयले सोमबार आन्तरिक सर्कुलर जारी गर्दै कोभिड-१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको छ।

त्यसैगरी, विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पनि पछि आयोजना हुनेछन्।

जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरुहरुमध्ये मधेस प्रदेशबाहेक छ वटै प्रदेश कमिटीका अधिवशेन पनि एमालेले सम्पन्न गरेको छ।

नेकपाको निरन्तरको रूपमा हेरिएको यो अधिवेशनलाई सर्वसम्मत नेतृत्व चयन गरेर पूर्वमाओवादी केन्द्र र १० बुँदे पक्षधर केही जिल्लामा नेतृत्वमा आएका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here