एमाले स्थायी कमिटी बैठक बस्दै

फाइल तस्बिर

७ मंसिर, काठमाडौं । महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषयमा छलफल गर्न नेकपा (एमाले)को स्थायी कमिटीको बैठक मंगलबार बस्दै छ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने छ ।

सोमबार बोलाइएको बैठक तयारी नपुगेको भन्दै मंगलबारका लागि सारिएको थियो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषयमा बैठकमा छलफल हुने जानकारी दिए ।

frontline

निर्वाचित भएर आएका बाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ ।

यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजित एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ हजार महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् ।

एमालेले १९०० बढी महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ । आजको बैठकमा केन्द्रले मनोनित गर्ने ९६ जना सदस्यहरुबारे छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here