एमाले सुदूरपश्चिमका सांसद थापाले दिए राजीनामा, सभामुखले गरे होल्ड

८ असोज, धनगढी । नेकपा एमाले सुदूरपश्चिमका प्रदेश सभा सदस्य बिरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै थापाले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।

थापा निवर्तमान भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत हुन् ।

frontline

स्रोतकाअनुसार थापाले एमाले संसदीय दलको बैठकमा बजेटलाई हतारमा पारित गर्न नहुने, सबै सांसदले बजेटबारे धारणा राख्न पाउनुपर्ने माग गरेका थिए । तर, संसदीय दलले थापालाई बजेटमाथिको छलफलमा भाग नै लिन नदिएपछि उनी असन्तुष्ट बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here