एमाले सचिवालय बैठक बस्दै
१ फागुन, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सचिवालय समितिको बैठक बोलाएको छ ।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सत्ता गठबन्धनमा रहेका दलका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएको दिन एमालेले सचिवालय बैठक बोलाएको हो ।
बैठक आइतबार साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एक नेताले जानकारी दिए ।
एमालेले सोमबार विहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ ।
नेकपा एमाले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावको विपक्षमा छ । एमाले अध्यक्ष ओलीले प्रधानन्यायाधीश हटाएर न्यायालयको समस्या समाधान नहुने बताउँदै आएका थिए ।
बरु उनले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय बदर गर्ने इजलासमा रहेका सबै न्यायाधीशविरुद्ध महाभियोग लगाउनुपर्ने धारणा राख्दै आएका थिए ।






प्रतिक्रिया दिनुहोस्