एमाले महाधिवेशनलाई सबै जिल्लामा प्रतिनिधि छनोट हुँदै

२५ कार्तिक, हेटौँडानेकपा (एमाले)को राष्ट्रिय महाधिवेशनको लागि आउँदो कात्तिक २७ गते देशभरका सबै जिल्लामा प्रतिनिधि छनोट हुँदैछ। यसै सन्दर्भमा प्रतिनिभिसभा निर्वाचन क्षेत्र २ वटा रहेको मकवानपुरमा पनि प्रतिनिधि छनोट हुँदैछ।

९ हजार २ सय ६८ जना संगठीत सदस्य रहेको एमाले मकवानपुरबाट यो पटक राष्ट्रिय महाधिवेशनको लागि १ जना दलित कोटा सहित १७ जना प्रतिनिधि छानिँदै छन्। एमालेले यो पटक जारी गरेको अन्तर पार्टी निर्देशन बमोजिम प्रत्येक १२ सय संगठित सदस्य बराबर १ महिला सहित ३ जना र त्यसपछिको प्रत्येक ८ सय बराबर १ जना प्रतिनिधि छनोट हुनेछन्।

frontline

जस अन्तर्गत मकवानपुरको क्षेत्र नम्बर १ बाट कम्तिमा २ महिला (अनिवार्य)सहित ६ जना खुल्ला कोटाका गरी ८ जना प्रतिनिधि हुनेछन भने क्षेत्र नम्बर २ बाट पनि क्षेत्र नम्बर १ जस्तै ८ जना छनौट हुनेछन्। यो पटक समग्र जिल्ला भरबाट एउटा मात्र निर्वाचन क्षेत्र कायम हुनेगरी दलितको सिट निर्धारण गरिएको छ। र, यो पटक एक जना दलित संगठित सदस्य प्रतिनिधि बन्ने एमाले मकवानपुरका अध्यक्ष बद्री लम्सालले बताए।

छिमेकी जिल्ला चितवनमा महाधिवेशन हुने भएकोले आफूहरुमा थप जिम्मेवारी पनि रहेकोले प्रतिनिधि छनोटपछि महाधिवेशन केन्द्रीत तयारीहरु तीव्र गतिमा हुने उनको भनाइ छ। यो पटक एमालेको वडा, तथा स्थानीय तहका अधिवेशनहरु सर्वसम्मत गरिएको कारण प्रतिनिधि छनोट पनि सर्वसम्मत रुपमा गरिने तयारी गरिएको एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठको भनाइ छ।

उनले भने, ‘हामीले सकेसम्म सर्वसम्मत ढंगबाट प्रतिनिधि छनोट गर्ने गरी तयारी अघि बढाएका छौँ, साथीहरुले सोही अनुसारको सहजीकरण गरिरहनुभएको छ, सकेसम्म निर्वाचन नगर्ने भन्ने कुरा छ।’

यो पटक क्षेत्र नम्बर १ र दलित क्षेत्रको निर्वाचन कार्यक्रम एमाले मकवानपुरको जिल्ला पार्टी कार्यालय हेटौँडा-५ पुष्पलाल पार्कमा हुने छ भने क्षेत्र नम्बर २ को निर्वाचन कार्यक्रम हेटौँडा-१० मा रहेको गोरक्षश्वर मन्दिरको सभाहलमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here