एमाले महाधिवेशनमा २,२९७ जना प्रतिनिधिले भाग लिने

 ८ मंसिर, काठमाडौं । शुक्रबार सुरु हुने एमालेको दशौँ महाधिवेशनमा जम्मा २२ सय ९७ जना महाधिवेशन प्रतिनिधिले भाग लिने भएका छन्।

ललितपुरको च्यासलमा बसेको अन्तिम स्थायी कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको अन्तिम आँकडा अनुमोदन गरेको हो। सचिव योगेश भट्टराईका अनुसार महाधिवेशनमा २२ सय ९७ महाधिवेशन प्रतिनिधिमध्ये पदेन प्रतिनिधि दुई ३८ जना आउने भएका छन्।

frontline

जसमा पार्टीको पदाधिकारी, स्थायी कमिटि, केन्द्रीय सदस्यहरु र केन्द्रीय आयोगका सदस्यहरु रहेका छन्। निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आउने प्रतिनिधिको संख्या १८ सय ८९ छ।

त्यस्तै महोत्तरी, रौटहट, भूपु सैनिकबाट ६७ जनाको नाम आउन बाँकी रहेको छ। केन्द्रीय कमिटिले मनोनित गर्ने १०३ जनाको नाम पनि अन्तिम हुन बाँकी रहेको भट्टराईले जानकारी दिए।

महाधिवेशन प्रतिनिधिमध्ये १९५ जना दलित छन्। जसमा ६२ जना महिला छन्। कुल महिला महाधिवेशन प्रतिनिधि ५७६ रहेको एमालेले जनाएको छ। यसले महाधिवेशनमा महिलाको उपस्थिति २५ प्रतिशत मात्रै कामय गरेको छ।

स्थायी कमिटि बैठकले ११ सदस्यीय अध्यक्ष मण्डलसमेत चयन गरेको छ।

अध्यक्ष मण्डलमा अध्यक्ष केपी ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here