एमाले महाधिवेशनका लागि ताप्लेजुङबाट १३ प्रतिनिधिको टुंगो लाग्यो

५ मंसिर, ताप्लेजुङ । नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनका लागि ताप्लेजुङबाट १३ प्रतिनिधिको टुंगो लागेको छ ।

प्रतिनिधि छनोटका लागि कात्तिक ३० गते भएको निर्वाचनमा खुला ८, महिला ४ र दलित १ गरि १३ जना प्रतिनिधि निर्वाचित भएका हुन् ।

frontline

खुला तर्फ भुपेन्द्र थेबे, दिपेन्द्र पोमु (दिपेन) छत्रपति प्याकुरेल, आसलाल केदेम (आशिष), ओङ्दी शेर्पा, बलबहादुर साम्सोहाङ्ग, डम्बरध्वोज तुम्बाहाम्फे र गोपाल थोप्रा निर्वाचित भएको निर्वाचन समितिका संयोजक बलराम भट्टराईले जानकारी दिनुभयो ।

यस्तै, महिला तर्फ भिमादेवी ओझा, मिनाकुमारी केदेम, टिकादेवी दाहाल र उर्मिला थेबे निर्वाचित भएकाछन् । यता दलित तर्फ भने मनकुमार नेपाली निर्वाचित भएका छन् ।

खुला ८ जनाका लागि १६ जनाले उम्मेदवारी दिएका थिए भने महिला तर्फ ४ जनाका लागि ५ जनाले उम्मेदवारी दिएका थिए । दलित तर्फको १ जनाका लागि २ जनाको उम्मेदवारी परेको थियो ।

एक नगरपालिका सहित ९ वटा स्थानीय तह रहेको ताप्लेजुङमा ८ हजार बढि पार्टी सदस्य मतदाता थिए । गत १ गतेदेखि भएको मत गणना शनिबार दिउँसो सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here