एमाले बेलौरी कमिटीको अध्यक्षमा बाबुराम न्यौपाने चयन

श्रोत : ईन्टरनेट

१७ कार्तिक, हरिश्चन्द्र चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा सोमबार सम्पन्न नेकपा एमालेको प्रथम नगर अधिवेशनबाट बाबुराम न्यौपानेको  अध्यक्षतामा सर्वसम्मत नगर कमिटी गठन गरिएको छ । सहमतिका आधारमा गठन गरिएको नगर कमिटीको उपाध्यक्षमा महेश्वरी खत्री, सचिवमा लोकेन्द्र जोशी तथा उपसचिवमा शिवराज राना र हस्त बहादुर विक निर्विरोध चयन हुनु भएको छ । 

बाँकी सदस्यहरू सहित बेलौरी नगरपालिकामा ७५ सदस्यीय नगर कमिटी गठन गरिएको प्रमुख निर्वाचन अधिकृत वेद प्रसाद उपाध्यायले जानकारी दिनुभयो । केन्द्रीय लेखा आयोगका सदस्य ईश्वरी प्रसाद खरेलको प्रमुख आतिथ्यमा सोमबार मध्यान्हबाट सुरु गरिएको प्रथम नगर अधिवेशन सोमबार मध्यरातसम्म गहन छलफल गरी सहमतिका आधारमा नगर कमिटीको टुङ्गो लगाइएको नेकपा एमाले बेलौरीले जनाएको छ । 

frontline

बेलौरी नगर अधिवेशन सम्पन्न गर्न जिल्लाबाट खटाइएका सहजकर्ता पल्लवराज भट्टले बेलौरी नगरपालिकाका सबै वडाहरूमा शुक्रबार सम्पन्न वडा अधिवेशन र सोमबार सम्पन्न नगर अधिवेशनलाई शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन समितिहरू, सुरक्षा निकाय, सङ्गठित सदस्यहरू तथा प्रतिनिधि सदस्यहरू सहित सबै नेता कार्यकर्ताहरू, तत्कालीन नगर तथा वडा कमिटीहरू र स्थान उपलब्ध गराउने सबै संघसंस्थाहरूलाई धन्यवाद व्यक्त गर्दै निर्वाचित सबैलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here