एमाले फुट्ने लगभग निश्चित, नेपाल समुह नयाँ दल दर्ताको तयारीमा

फ्रन्टलाइन राजनीति । नेकपा एमालेबाट कारबाही भोगेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताको आन्तरिक गृहकार्य थालेको छ। पार्टी विपरित चलेको भन्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूहमाथि कारबाहीको डण्डा चलाएपछि दल दर्ताको लागि आन्तरिक गृहकार्य थालेको हो।

पार्टीभित्रको आन्तरिक किचलोले एमाले औपचारिक विभाजन घोषणा हुन मात्रै बाँकी छ। ओलीविरुद्ध विपक्षी मोर्चाबन्दीमा लागेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेता नेपाल समूह लागेको थियो । सरकारबाट ओलीलाई हटाउने प्रयाससँगै एमाले विभाजन नरोकिने दिशामा अघि बढेको नेता नेपाल समुह श्रोतले बताएको छ ।
एकताको लागि सबै ढोका बन्द नगरिएको तर, ओलीलाई पटक–पटक अवसर दिँदा पनि उहाँ सच्चिन तयार नभएको र एकताको पहल गर्दा उहाँ विभाजनतिर जान चाहनुभएको कारण ओली सुध्रिने नदेखेपछि अब अलमल नगरी नयाँ दल दर्ता गरेर अगाडि बढ्नुपर्ने नेपाल समुहका नेताले बताएका छन् ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here