एमाले प्रवेश गरेका चार जना माओवादी मन्त्रीको सांसद पद खोसियो

 नेकपा एमाले प्रवेश गरेका चार जना माओवादी केन्द्रका मन्त्रीहरुको सांसद पद गुमेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटाले त्यससम्बन्धी सूचना पढेर सुनाएका हुन्।

frontline

माले प्रवेश गरेका कैलाली-४ का लेखराज भट्ट,, अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीको सांसद पद खोसिएको हो।

गत फागुन २३ गते सर्वोच्च अदातले माओवादी केन्द्र र एमालेलाई पहिल्यकै अवस्थामा ब्यूइँताइदिएपछि नेकपा विभाजित भएको थियो । दुवै दल आ-आफ्नो कित्तामा फर्किए पनि चार नेताले सरकार नछाेडेपछि कारवाहीमा परेका हुन् । दुवै दलले पार्टी परित्याग गरी अर्को दलमा प्रवेश गरेका आफ्ना नेताहरुलाई कारवाही अगाडि बढाएका छन्। सोहीअनुरुप माओवादी केन्द्रले पनि यी चार मन्त्रीहरुको सांसद पद खोसेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here