एमाले नेताहरूको कार्यविभाजन

सत्तारुढ नेकपा एमालेले २६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले नेताहरुको कार्यबिभाजन र जिम्मेवारी हेरफेर गरेको हो ।

बैठकले पार्टी बिरोधी गतिबिधिमा संलग्न भएको कारण माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत राखे पनि कुनै जिम्मेवारी दिएन । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेपाल समुहमा रहेका नेताहरु पार्टीको मूलधारमा फर्किएपछि उपर्युक्त जिम्मेवारी दिइने जानकारी दिनुभएको छ । बैठकले नेताहरु विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी सम्मिलित कार्यदलले दिएको सुझावका आधारमा जिम्मेवारी हेरफेर गरेको हो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here