एमाले नेताद्धय पाण्डे र भुसाल पार्टीबाट ६ महिनाका लागि निलम्बित

फ्रन्टलाइन, राजनीति । नेकपा एमालेले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि कारबाही गरेको छ। पार्टीको विधानविपरीत चलेको भन्दै नेताद्वय पाण्डे र भुसाललाई पनि ६ महिनाको लागि निलम्बन गरेको हो।

गत चैत ७ गते बसेको प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको थियो।

frontline

नेता नेपाल र रावललाई चित्त बुझ्दो जवाफ नफर्काएको भन्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले यसअघि नै कारबाही गरिसक्नुभएको छ । नेता नेपाल र रावलले ओलीको कारबाहीको अर्थ नभएको भन्दै अस्वीकार गरेका छन्। पछिल्लो समय नेकपा एमालेभित्र दिनानुदिन विवाद झन चर्किंदै गएको छ । यसले पार्टी फुटको संघारमा पुगिसकेको विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here