एमाले नेता नेपाल र खनालसहित ११ जना साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासित

फ्रन्टलाइन राजनीति । नेकपा एमालेले पार्टीको खनाल–नेपाल समूहका ११ जना नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । सोमवार (आज) बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायत ११ जना प्रतिनिधि सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

गएको शनिवार स्पष्टीकरण मागिएकामा स्पष्टीकरण नबुझाएपछि उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर कारबाही गरिएको एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो ।

frontline

सांसदहरू नेपाल, खनाल र रावलसहित रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण,निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ र कल्याणीकुमारी खड्कालाई समेत एमालेले कारबाही गरेको हो ।

यसैबीच नेकपा एमालेका २३ सांसदले आफ्नै पार्टीको अध्यक्षको कदमविरुद्ध उभिएर सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा हस्ताक्षर गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने र प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने रिट निवेदनमा उनीहरूले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here