एमाले अवरोधका कारण राष्ट्रियसभाको बैठक ५ गते सम्मका लागि स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अवरोधका कारण राष्ट्रियसभाको बैठक स्थगित भएकाे छ । एमालेकाे अवराेधका कारण मुख्य कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको हाे ।
बैठक शुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाएपछि तेस्राे कार्यसूचीमा रहेको संविधानसभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक असोज ५ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस्