एन्फाको कार्यसमिति बैठक साउन २ गते बस्ने

२८ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन २ गते बस्ने भएको छ ।

एन्फामा नयाँ नेतृत्व आएपछि सुचना र एजेण्डा सहित पहिलो पटक कार्यसमिति बैठक बस्न लागेको हो ।

frontline

एन्फाले साउन २ गतेको कार्यसमिति बैठकका लागि १२ वटा एजेण्डा तय गरेको छ । जसमा महिला साफ च्याम्पियनसिपको तयारीलाई प्राथमिकतामा राखिएको छ ।

गत साता बंगलादेशमा भएको साफ बैठकले महिला च्याम्पियनशिप नेपालमा गगर्ने निर्णय गरेको थियो ।

त्यस्तै, एन्फाको बैठकमा विवादमा रहेको एनएसएल, विभिन्न पदाधिकारी नियुिक्त लगायतका एजेन्डामा छलफल र निर्णय हुँदैछ ।

बैठकमा सि ढिभिजन छनोट बारे पनि छलफल हुने एन्फाले जनाएको छ । बैठकले विभिन्न उमेर समूहका प्रतियोगिताका लागि टिम छनोटको मापदण्ड र सहभागीताका विषयमा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here