एनजिओलाई रकम नदिदा चरित्र हत्या गर्ने समाजिक संञ्जालमा अफवाह फैलाउदै
मेवालाल यादव
रौतहट । असोज १ गते, शुक्रवार रौतहट जिल्लाको परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले रौतहटमा केहि व्यक्ति पत्रकारको नाउमा जथाभावी कसैको व्यक्तिगत तथा संगठनात्मक रुपमा बदनाम गर्ने गरेको बताउनु भएको छ ।
सामाजिक संजाल फेसबुक , ट्वीटर , वाट्सप लगाएतमा मेरो चरित्र हत्या गर्ने कार्य गरिरहेको बताउदै त्यस्ता व्यक्ति माथि कानुनी कार्यवाही समेत गर्ने चेतावनी दिदै यस्ता कार्य गर्ने माथि नियन्त्रण गर्न सम्वन्धित निकाय नेपाल पत्रकार महासंघ , प्रेस काउन्सिल सित माँग गरेका छन् ।
नगर प्रमुख वकिलले प्रेस विज्ञप्ति जारी गर्दै केहि उत्सृन्ख्ल व्यक्तिको करण सिंगो पत्रकारिता पेशा बदनाम भैरहेकोले यस प्रति ध्यानाकर्षण गर्न आग्रह गरेका हुन् ।
विगत केहि दिन देखि नगरपालिकाले नगरेको कार्यलाई जोडेर सामाजिक संजालमा भ्रामक कुराहरुले पोस्ट गर्ने गरेको कार्य प्रति घोर आपति जनाउदै मेयर वकिलले भ्रामक तथ्यहीन कुरा लेख्ने माथि कानुनी कार्यवाही गर्न बाध्यहुने विज्ञाप्ति मार्फत चेतावनी दिएका छन् ।
म सित आर्थिक लाभ लिने उदेश्यले तथ्यहिन कुरा लेखेर बदनामी गर्ने खोजेको आरोप लगाउदै नगरपालिकाले विभिन्न व्यक्ति लाइ लैपटप तथा मोबाइल वितरण गरेको भनि फेसबुकमा लेखेर भ्रम फैलाउने कार्य गरेको जनाए ।
उहाले भने पटक पटक आर्थिक लाभ लिन खोजेको र नदिएको करण झुठो कुरो लेखेर मेरो चरित्र हत्या गर्न लागेकोले त्यो व्यक्ति माथि मानहानी सहित क्षतिपूर्तिको दावी सहित मुद्दा गर्ने छु ।
कहिले फोन बाट त् कहिले नगरपालिका आएर कर्मचारीहरुलाई धम्काउने कार्य गर्ने गरेको समेत उहाले आरोप लगाए ।
पत्रकारिता पेशा सम्मानित पेशा भएकोले कसैलाइ बदनियत पुर्वक बदनाम गर्ने , पत्रकारिता को आडमा अनुचित लाभ लिने खोज्दा पत्रकार माथिको आम नेपाली नागरिकको विश्वास गुम्ने अवस्था रहेकोले यस्ता खाले विकृति , विसंगति हटाउन समेत आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्