एनओसीका अध्यक्ष तथा संघिय साँसद जिवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ दुवई प्रस्थान

३ मंसिर काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष तथा संघिय साँसद जिवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ दुवई प्रस्थान गरेका छन् ।

यूएईको दुवईमा आयोजना हुने ४० औं ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए)को महासभामा भाग लिन उहाँहरु त्यसतर्फ प्रस्तान गर्नुभएको हो ।

frontline

आइतबार आयोजना हुने ओसिएको महासभामा विभिन्न देशका शहरहरुमा आयोजना हुने आगामी एशियाली खेलहरुका बारेमा छलफल तथा प्रस्ततिकरण हुने जनाइएको छ ।

४० औं महासभामा चिनको ह्याङझाउमा सन २०२२, जापानको आइची–नागोया २०२६, कतारको दोहा २०३० र साउदी अरवको रियाद २०३४ मा हुने एशियाली खेलका आयोजकहरुले प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको छ भने महासभामा एशियामा ओलम्पिक आन्दोलनका बारे समेत विशेष छलफल हुने एनओसीका महासचिव श्रेष्ठले बताउनु भएको छ ।

त्यसै गरी महासभामा २०२२ मा अन्य दुई खेलहरूको आयोजकहरूबाट प्रगति प्रतिवेदनका बारे समेत छलफल हुने छ । आगामी मार्चमा बैंकक र चोनबुरीमा छैठौं एसियाली इन्डोर र मार्सल आर्ट खेलहरू र डिसेम्बर २०२२ मा चीनको शान्ताउमा तेस्रो एसियाली युवा खेलहरू आयोजना हुँदैछन् ।

एनओसीका अध्यक्ष र महासचिव श्रेष्ठद्वय सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here