एनएमबि बैंकले पायो उर्जा बन्ड जारी गर्न अनुमति

५ मंसिर काठमाडौं । एनएमबि बैंकले उर्जा बन्ड जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई उर्जा बोन्ड जारी गर्न अनुमति दिएको हो ।

जसमध्ये १४ लाख इकाई बन्ड सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी २१ लाख इकाई बन्ड बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

frontline

एनएमबिले १५ वर्ष अवधिको उर्जा बन्ड जारी गर्न लागेको हो । यसमा वार्षिक ४% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । यो उर्जा बन्डमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here