एनआरएनए अमेरिकाको बोर्ड अफ डिरेक्टर पदमा रमेश भट्ट उठ्ने

अमेरिकाको नेपाली समुदायमा चर्चित नाम हो -रमेश भट्ट ‘नेपाली छोरो’। उनी अहिले एनआरएनए अमेरिकाको बोर्ड अफ डिरेक्टर पदमा उठ्ने घोषणा सहित सक्रिय भईरहेका छन् ।

“बिगत केहि वर्षदेखि नेपाली समुदायमा सामाजिक सक्रियता बढाउदै गर्दा समुदायबाट प्राप्त माया, हौसला र अनुभबले मलाइ एनआरएनएको अभियानमा नेत्रित्वदायी भूमिका खोज्न घच्घचायो। मेरिल्याण्डमा रहेको नेपाली समुदायभित्र सक्रिय सदस्यको भूमिका निर्बाहा गर्दै गर्दा अमेरिकाभरि रहेको नेपाली समुदायलाई एनआरएनको संजालले जोडेर सामाजिक र आर्थिक सशक्तिकरणमा सहयोगी भूमिका निर्बाह गर्ने धोको छ।” रमेशले नेप्लिज डायस्पोरासंगको कुराकानीमा बताए।

frontline

अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोर सहरमा बसोबास गर्ने रमेशको सक्रियता र नेतृत्वमा साथी बाल्टिमोर नामक संस्थामा प्रशस्त देख्न सकिन्छ।

हरेक सामाजिक क्रियाकलापमा अघिल्लो लाईनमा देखापर्ने रमेश भन्छन, “मेरो उमेद्वारी संस्थागत परिबर्तन, सशक्तिकरण र युवा सहभागिता र अभिवृद्धिको लागि हो। “

रमेश भन्छन, “युवाहरु परिबर्तनका सम्बाहक हुन्। आउदै गरेको निर्वाचानमा राज्य र राष्ट्रिय स्तरमा युवाहरुले नेतृत्व लिन देखाउनु भएको चाहना धेरै उत्साहजनक छ। एनआरएनएको संस्थागत उदेश्य प्राप्ति र नयां कार्ययोजना निर्माणमा युबाहरुले महत्वपूर्ण भूमिका निर्बाह गर्न सक्छन।”

एनआरएनए सिंगो संस्थाको उद्देश्य र सदस्यहरुको भावना र आवश्यकता नै हरेक उमेद्वारको प्रमुख एजेन्डा हुनुपर्ने रमेशको भनाई छ। केहि रचनात्मक र सिर्जनात्मक काम गरेर देखाईसकेका युवा रमेशले भने, “अझै धेरै काम गर्ने धोको छ।”
रमेश मेरिल्याण्ड मात्र होइन अमेरिकाका अन्य बिभिन्न संघ संस्थामा सक्रिय एक युवा हुन्। उनले गरेको कामको लिष्ट लामो छ। उनका साथीहरु भन्छन, “रमेश लामो रेसको घोडा हो।”

कोभिड पेंडामिकका बेला रमेशले मेरिल्याण्ड र वरपरका नेपाली समुदायमा देखाएको सामाजिक सहयोगको खुलेरै प्रशंशा हुने गर्दछ। अमेरिकामा आएर माष्टर डिग्री हासिल गरेका रमेश भट्ट एक सफल ब्यबसायी पनि हुन्।

“मेरो लक्ष्य भनेको संस्थाप्रति युबाहरुमा सकारात्मक सोचको बिकास गराउदै सहभागीता बृदि गराउने हो र म यो लक्ष्यप्रति पूर्ण बिश्वस्त छु।” रमेशले भने, “नेपाली समुदायमा सामाजिक संस्थाको चुनाबलाई लिएर हुने बिकृति र विभाजन सिंगो नेपाली समुदायको प्रमुख कमजोरी बनिरहेको बेला जित हार जे भएपनि सहर्ष स्वीकारेर यो अभियानमा निर्बाचन पश्चात पनि लागि रहने प्रण आजै गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here