एनआरएन निर्वाचनमा सरकारले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री देउवा

१८ कार्तिक, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली संघ (एनआरएन)को निर्वाचनमा सरकारले हस्तक्षेप नगरेको बताएका छन् ।

कोप-२६ सम्मेलनबाट आज बिहान काठमाडौं फर्किएका देउवाले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । ‘सरकारले हस्तक्षेप गरेको हैन बरु सघाउन तयार छ’ उनले भने । चुनाब आयोजना गर्न एनआरएनए स्वतन्त्र रहेको समेत देउवाले बताए ।

frontline

लन्डनमा गैरआवासीय नेपाल संघ युकेले देउवालाई एनआरएनको अन्तर्राष्ट्रिय समन्वय परिषदको तर्फबाट पत्र समेत बुझाएको थियो भने त्यहाँ देउवाले एनआरएनको योगदान बारेपनि चर्चा गरेका थिए ।

परराष्ट्र मन्त्रालयले एनआरएनलाई पत्र लेख्दै निर्वाचन स्थगित गर्न दबाब दिएको थियो । परराष्ट्रको पत्रपछि चुनाव अहिले स्थगित भएको छ । ६ महिनाभित्र चुनाव गर्नुपर्ने बाध्यताका कारण केही दिनमै एनआरएन चुनाव घोषणा हुने तयारी भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here