एटिएम तोडफोड गरेकोमा घोराहीका दुई युवक पक्राउ

सोमबार, घोराही । बैंकको एटिएम तोडफोड गरेको आरोपमा घोराहीका दुई युवक पक्राउ परेका छन्। 

घोराही उपमहानगरपालिका वडा नम्बर १३ मंलेरीका १८ वर्षीय सुवास बिक र सुन्दर नगर टोलका प्रकाश भुसाल पक्राउ परेको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

frontline

उनीहरूले गत मंगलबार राति घोराही-१५ सहिद गेट लाइनमा रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेको रिजालले बताए। 

एटिएम तोडफोड गरेपनि उनीहरूले पैसा झिक्न सकेका थिएनन्।

घटना पछि फरार भएका उनीहरूलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here