एकैदिन दुई लाख ५५ हजार नागरिकले लगाए कोरोनाविरुद्धको खोप
१० पुस, काठमाडौँ । नेपालमा एकैदिन दुई लाख ५५ हजार नागरिकले कोरोनाविरुद्ध खोप लगाएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ५५ हजार ४५८ जनाले कोरोनाविरुद्ध खोप लगाएका हुन्।
हालसम्म २ करोड ३० लाख ९५ हजार ६४७ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ।
जसमध्ये ९९ लाख ८५ हजार ५६८ जनाले पूर्ण मात्रा र १ करोड ३१ लाख १० हजार ७९ जनाले कम्तीमा एक मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्