एकीकृत समाजवादीको स्थायी समिति बैठक सुरु

७ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी समिति बैठक नयाँबानेश्वरस्थित अर्याल होटलमा सुरु भएको छ। बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)बारे आधिकारिक धारणा तय गर्ने बताइएको छ। 

पार्टी अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसी अनुमोदन हुन नसक्ने बताउँदै आएका छन्। बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीबारे स्थायी समितिको बैठक बसेर आधिकारिक धारणा बनाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग समय मागेका थिए।

frontline

व्याक्तिगत रुपमा अध्यक्ष नेपाल एमसीसीबारे नकरात्मक नरहे पनि उनको पार्टीका अन्य नेताहरु यथास्थितिमा अनुमोदन गर्न नहुने पक्षमा छन्। 

सो पार्टीका सम्मानित नेता झलनाथ खनाल एमसीसी कुनै पनि हालतमा अनुमोदन गर्न नहुने पक्षमा छन्। खनालको कारणपनि हध्यक्ष नेपाल दवावमा छन्।

प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई एमसीसीबारे छिटो निर्णय गर्न आग्रह गरेका छन्। 

दाहाल र नेपालले नमाने नेकपा एमालेसँग सहकार्य गरी संसदबाट एमसीसी अनुमोदन गर्ने तयारी प्रधानमन्त्री देउवाले गरेका छन्। प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बिहीबार बेलुकी एमसीसी अनुमोदन गर्नेबारे छलफल भएको थियो।

प्रधानमन्त्री देउवा ओलीलाई भेटन पत्नी आरजुलाई लिएर बालकोट गएका थिए। स्थायी समिति बैठक ११ बजेलाई तय भएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here