एकीकृत समाजवादी मन्त्री हेरफेर गर्ने निर्णय कार्यान्वयन नहुँदा रुष्ट

११ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय कार्यान्वयन नहुँदा रुष्ट बनेको छ ।

शनिबार काठमाडौंमा बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको चौथो बैठकले पार्टीको अपमान भएको निष्कर्ष निकालेको हो ।

frontline

बैठकले तत्काल पार्टीको निर्णय कार्यान्वन गर्नुपर्नेमा जोड दिँदै निर्णयलाई कदर गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भने “मन्त्री फेर्न आजसम्म हामीले जति प्रधानमन्त्रीलाई पर्खियौँ, प्रचण्डलाई पर्खियौँ, अब पर्खिने छैनौँ ।

तत्काल हाम्रा काम पूरा गर्नुहोस्, मन्त्री हेरफेर गर्न कुनै सर्त काम लाग्दैन ।”

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई अप्ठ्यारो पार्न खोजेजस्तो देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here