एकदिवसीय क्रिकेट वरीयतामा नेपाल यथावत

फ्रन्टलाइन खेल । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले अद्यावधिक गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १६ औं स्थानमै रहेको थियो । यस्तै टी–ट्वान्टी वरीयतामा भने नेपाल १३ औं स्थानमा रहेको छ ।

घरेलु मैदानमा भएको विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजपछि नेपालले एकदिवसीय क्रिकेट खेलेको छैन । ओमान र अमेरिकासँग भएको सिरिजमा नेपालले ४ खेलमा २ जित निकालेको थियो । नेपाल ओमानसँगको दुई खेलमा पराजित हुँदा अमेरिकासँगको दुई खेलमा विजयी भएको थियो ।

frontline

एकदिवसीयमा नेपाल भन्दा तल नामिबिया, युएई, अमेरिका र पपुवा न्युगिनी रहेका छन् । वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड, दोस्रोमा अष्ट्रेलिया र तेस्रोमा भारत रहेका छन् । चौंथोमा इंग्ल्यान्ड र पाँचौं स्थानमा दक्षिण अफ्रिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here