एक साता निरन्तर बृद्धि भएको नेप्सेमा आज सामान्य अंकको गिरावट

५ साउन, काठमाडौं । पछिल्लो एक साता निरन्तर रुपमा बृद्धि भएको नेप्से परिसूचक बिहीबार सामान्य अंकले गिरावट आएको छ ।

बिहीबार नेप्से परिसूचक ५.८७ अंक घटेर २०४४.७२ बिन्दुमा झरेको हो ।

frontline

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ इण्डेक्स ०.५० अंकले गिरावट आएको छ ।

बिहीबार कारोबारमा आएका २२५ कम्पनीको ३९ लाख ८ हजार कित्ता शेयर १ अर्ब ६४ करोड २६ लाख ४८ हजार रुपैयाँ बराबरको खरिदविक्री भएको छ ।

बुधबारको तुलनामा कारोबार रकम पनि गिरावट आएको छ । बुधवार १ अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

बिहीबार नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । जसमा अन्य उपसमूहको परिसूचक १.०९ प्रतिशत बढेको छ भने बैंकिङ उपसमूहको ०.१७ प्रतिशत बढेको छ ।

यता, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी गिरावट आएको छ ।

बिहीबार नेप्सेमा गिरावट आएपनि सेन्ट्रल फाइनान्सको शेयरमूल्य ३.१६ प्रतिशत बढेको छ । त्यस्तै,जनउत्थान सामुदायिक लघुवित्त, नेशनल माइक्रोफाइनान्स र गुराँस लघुवित्तको शेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ ।

यता किसान लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । बिहीबार कारोबारमा आएको शिवम् सिमेन्ट्स कम्पनीको १७ करोड ८० लाख १ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here