एक वर्षभित्र चुनाव गर्न बाबुराम भट्टराईको सुझाव

फ्रन्टलाइन राजनीति । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले एक वर्षभित्र चुनाव गराउनु पर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत भट्टराईले एक वर्षमा चुनाव गराउन प्रस्ताव अघि सार्नुभएको हो । उहाँले देश संकटमा परेको भन्दै त्यसको समाधानका लागि चार बुँदे प्रस्ताव अघि सार्नुभएको छ ।

frontline

उहाँले सबै दलको सहभागितामा सरकार गठन गर्नु पर्ने, पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्व सरकार बनाउनु पर्ने, कोरोना नियन्त्रण द्वन्द्वकालीन मुद्धा, संविधान संशोधन, आर्थिक राहत लगायत लागू गर्नु पर्ने र एक वर्षभित्र चुनाव गर्नु पर्ने प्रस्ताव अघि सार्नुभएको हो ।

प्रधानमन्त्री केपी ओली सरकार अल्पमतमा परेपछि सरकार गठनमा जसपाको निर्णायक भूमिका रहेका बेला हाल जसपा दुई कित्तामा उभिएको छ। एउटा समूह ओली सरकारलाई सघाउने पक्षमा देखिएको छ भने अर्को पक्ष जसरी पनि ओलीको विकल्प खोज्न लागि परेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here