एक प्लाइउड गोदाममा आगलागी, दुई तल्ले घर ध्वस्त

बुटवल । रुपन्देहीको भैरहवास्थित नारायणपथको एक प्लाइउड र फाइबर गोदाममा आगलागी  भएको छ ।

सिद्धार्थनगर नगरपालिका–८ नारायणपथमा रहेको सुन्दर ग्लास हाउसमा गएराति सवा नौ बजेदेखि भएको आगलागी बिहान ५ बजे मात्रै नियन्त्रणमा आएको छ ।

frontline

आगलागीबाट गोदाममा रहेका प्लाइउड बोर्ड र फाइबर सहित दुई तल्ले घर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

उक्त घरमा पसल धनी सुन्दर अग्रहरीको परिवार बस्दै आएकामा उनीहरुलाई सकुशल उद्धार गरिएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा रुपन्देहीसहित नवलपरासी र कपिलवस्तुका १५ वटा दमकलले ८ घण्टामा आगो नियन्त्रणमा लिएको डीएसपी थापाले बताए ।

आगलागीबाट २ करोड बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले बताएको छ ।

‘रातभरको प्रयासले आगलागी नियन्त्रणमा लियौं, क्षतिको पूर्णविवरण संकलन गर्न बाँकी छ,’ डीएसपी थापाले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here