एआईजी बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

१८ चैत, काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको बिहीबारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

बढुवामा नपरेका डीआईजी ईश्वरबाबु कार्कीले गैरकानुनी रुपमा एआईजी बढुवा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दिएका हुन् ।

frontline

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

तर वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा बढुवा नगरिएको भन्दै कार्कीले सर्वोच्चमा रिट दिएका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले डीआईजी कार्कीको रिट दर्ता भएको पुष्टि गरे । उक्त रिटमा चैत २० गते आइतबार सुनुवाइ हुने उनले  बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here