‘ए’ डिभिजन लिग : खेल हेर्न अब खोप कार्ड अनिवार्य

३० पुस, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगका खेल हेर्न अब खोप कार्ड अनिवार्य गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को लिग कमिटीले यस्तो निर्णय गरेको हो । 

frontline

अब दर्शकले रंगशालामा प्रवेश गर्नुअघि कोरोनाविरुद्ध लगाइएको खोपको कार्ड अनिवार्य देखाउनुपर्नेछ । 

देशमा कोरोना संक्रमितको संख्या बढेपछि खोप लगाएका दर्शकलाई मात्र रंगशालामा प्रवेश गर्न दिने निर्णय गरिएको एन्फाले जनाएको छ ।

दर्शक रंगशाला प्रवेश गर्दा उनीहरूको तापक्रम पनि लिइने एन्फाको भनाइ छ । 

शुक्रवारदेखि शुरू हुने नवौं चरणका पहिलो खेलमा एपीएफ फुटबल क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् ।

दोस्रो खेल मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबबीच हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here