ऊर्जामन्त्रीले प्रधानमन्त्रीलाई सुनाए– कुलमानले लाइन काट्दै छन्, के गर्ने होला? 

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री खड्काले बक्यौता नतिर्ने उद्योगीको लाइन काट्न तयारी गरेको जानकारी गराएका थिए । बैठकमा जानुअघि पनि मन्त्री खड्काले कुलमानसँग छलफल गरेका थिए । जहाँ दुवै पुरानै अडानमा कायम रहे ।

मन्त्रिपरिषद् बैठकको अन्तिममा मन्त्री खड्काले प्रधानमन्त्री केपी ओलीलाई बिहानको सञ्चालक समिति बैठक र कुलमानसँगको छुट्टै छलफलबारे बताए । ‘मन्त्रिपरिषद्बाट लिखित निर्देशन नदिए कुलमानले भोलिसम्ममा सबै उद्योगको लाइन काट्छन्, जे गर्ने हो मन्त्रिपरिषद्बाटै गर्नुपर्‍यो,’ स्रोतका अनुसार खड्काले प्रधानमन्त्री ओलीलाई सुनाएका थिए ।

frontline

तर, ओली त्यसमा धेरै बोलेनन् । बरु पछि सल्लाह गरौँला भन्दै बैठकबाट बाहिरिएको एक मन्त्रीले बताए । ‘ऊर्जामन्त्रीले लगभग बैठक सकिने वेला यो कुरा उठाउनुभएको थियो । आज उद्योगीलाई दिएको अन्तिम म्याद हो, कुनै निर्णय नभए कुलमानले लाइन काट्छन्, के गर्ने भनेर सोध्नुभएको थियो,’ उनले भने, ‘प्रधानमन्त्री पछि सल्लाह गरौँला भनेर हिँड्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here