उर्जा सहकार्यको विषयमा कस्तो कुरा भयो तुरून्त सार्वजनिक होस् : उपाध्यक्ष भीम रावल

फाइल तस्बिर

३ मंसिर काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले भारतसँग गरेको सहमति सार्वजनिक गर्नुपर्ने माग राखेका छन्। उनले उर्जा सचिवको भारत भ्रमणमा उर्जा सहकार्यको विषयमा कस्तो कुरा भयो मन्त्रालयले तुरून्त सार्वजनिक गर्नुपर्ने माग गरेका हुन्।

विगतका अनुभव तीता भएको भन्दै रावलले यस्ता विषय गोप्य राख्नु जलस्रोतको उपयोगमा फेरि अवाञ्छित साठगाँठ हुन लाग्यो कि भन्ने आशंका हुने टिप्पणी गरेका छन्। 

frontline

‘नेपालका उर्जा सचिवको भारत भ्रमणमा उर्जा सहकार्यको विषयमा सकारात्मक छलफल भन्नाले के विषयमा कस्तो कुरा भयो मन्त्रालयले तुरून्त सार्वजनिक गर्नुपर्छ।’ रावलले ट्विटमा भनेका छन्, ‘यस्तो विषयमा कुरा गोप्य राख्नु जलस्रोतको उपयोगमा फेरी अबाञ्छित साठगाँठ हुन लाग्यो कि भन्ने आशंका हुन्छ। किनकि विगतका अनुभव तीता छन्।’

ऊर्जा मन्त्रालयका सचिव देबेन्द्र कार्कीसहितको टोली भारत भ्रमण गरेर फर्किएको दुई दिनपछि विज्ञप्ति जारी भएको छ। मन्त्रालयले एजेण्डा सार्वजनिक नगरी गुपचुपरुपमा उच्चस्तरीय टोली भारत भ्रमणमा गएको थियो। तर त्यहाँ के-के एजेण्डामा सहमति र सहकार्य भयो अझै खुलाइएको छैन।

मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै ऊर्जा सचिव  देवेन्द्र कार्कीको नेतृत्वमा ३ सदस्यीय टोली र भारतीय उर्जा सचि आलोक कुमारबीच कार्तिक ३० गते भारतको नयाँ दिल्लीमा द्विपक्षीय उर्जा सहकार्यको सम्बन्धमा छलफल गरेको जनाएको छ। 

सह-सचिव एवं प्रवक्ता मधु प्रसाद भेटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘नेपाल सरकारको ऊर्जा सचिव श्री देवेन्द्र कार्की ज्यूले नेतृत्व गर्नुभएको ३ सदस्यीय टोली र भारतीय उर्जा सचिव श्री आलोक कुमार बीच यही कार्तिक ३० गते भारतको नयाँ दिल्लीमा द्विपक्षीय उर्जा सहकार्यको सम्बन्धमा सकारात्मक छलफल भएको व्यहोरा सार्वजनिक जानकारीको लागि अनुरोध गर्दछु।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here