उपसभामुख पुष्पा भुसालले लिइन् सपथ

१ साउन, काठमाडौं । प्रतिनिधिसभा उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छन्।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई शपथ ग्रहण गराएका हुन्।

frontline

सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सरकारका मन्त्री, संघीय संसदका कर्मचारीको उपस्थिति थियो।

गौतम शुक्रबार एमालेकी विद्या भट्टराईलाई पराजित गर्दै उपसभामुखमा निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here