उपत्यकासहित देशका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो, उडानहरु अवरुद्ध

फाइल तस्बिर

७ पुस, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहीबार बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ ।

बिहानैदेखि काठमाडौंसहित देशका पहाडी तथा तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको मौसमविद्हरुले बताएका छन् ।

frontline

हाल नेपालको पूर्वी भू–भागमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बिग्रिएको हो ।

काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ । जसका कारण उडानहरु अवरुद्ध भएका छन् । उडानहरु अवरुद्ध बन्दा यात्रा गर्नेहरुलाई भने असहज भएको छ ।

हुस्सु र कुहिरोका कारण काठमाडौंमा पनि जाडो बढेको छ । बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो रहेको विभागले जनाएको छ ।

बिहीबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने राति प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रहने विभागको अनुमान छ ।

आगामी २४ घण्टामा तराईका केही भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले विभागको आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here