उपत्यकामा भौतिक उपस्थितिमै गोष्ठी, सेमिनार गर्न पाइने

फाइल तस्वीर

काठमाडौं । काठमाडौं उपत्यकामा भौतिक उपस्थितिमै गोष्ठी, सेमिनार लगायतका क्रियाकलाप गर्न पाइने भएको छ ।

मंगलबार बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भौतिक उपस्थितिमै बढीमा २५ जनाको सहभागितामा गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षण लगायतका क्रियाकलाप गर्न पाउने निर्णय गरेको हो ।

frontline

यसअघि समूहमा सञ्चालन हुने यस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट मात्रै गर्न पाउने प्रावधान थियो ।

प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षण जस्ता क्रियाकलापहरु सम्भव भएसम्म भर्चुअल माध्यमबाट सञ्चालन गर्ने ।

भौतिक उपस्थितिमा गर्नुपर्ने भएमा बढीमा २५ जनासम्मको सहभागिता हुने गरी भौतिक दुरी तथा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सक्ने छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here