उपत्यकामा निषेधाज्ञा १० दिन थप
काठमाण्डौ । नेपालमा कोरोना संक्रमण लकडाउन खुकुलो गरेसँगै बढेको आकलन निकाल्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ ।
यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आईतबार रातीबाटै सकिने भएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको छ ।
निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्