उदयपुरका स्थानिय तह आफैँ खोप खरिद गर्ने, मन्त्रालयसंग मागे अनुमति

नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता ः बलदेव चौधरी

फ्रन्टलाइन पालिका । उदयपुर जिल्लाको समग्र विकास र समृद्धिमा साझेदारी र सहकार्य गर्ने उद्धेश्यले गठित जिल्लाका सबै पालिकाहरुको संयुक्त संस्था उदयपुर विकास बोर्डले आफ्नो जिल्लाका नागरिकहरुलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगाउन आफैँ खोप खरिद गर्ने निर्णय गरेको छ ।
बोर्डको हालै बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको दर भयावह ढंगले बढिरहेको भन्दै विकास निर्माण एवम् पुर्वाधार निर्माणका विविध शिर्षकको बजेटलाई कोरोना विरुद्धको खोप खरिदका निम्ति बिनियोजना गरि नागरिकको जीवनरक्षाका लागि सबै पालिका एकजुट हुने निर्णय गरेको हो ।
जिल्लाभर रहेका १८ वर्षभन्दा माथि उमेरका सबै नागरिकहरुलाई खोप लगाउनका लागि खोप खरिद गर्ने सम्बन्धमा उदयपुर विकास बोर्डका पदाधिकारीहरु बिच सहमति भएको बोर्डका अध्यक्ष एवम् त्रियुगा नगरपालिकाका नगरप्रमुख बलदेव चौधरीले जानकारी गराउनुभयो । अध्यक्ष चौधरीका अनुसार ः खोप खरिद शिर्षकमा बजेट बिनियोजन गर्ने स्वीकृतिको लागि अनुमति दिन बोर्डले लिखित पत्र सहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरेको छ ।
शुक्रबार चौधरीसहित आएको बोर्डको टोलीले मन्त्रालयमा खोप खरिद शिर्षकमा बजेट बिनियोजन गर्ने बारे स्वीकृति दिन अनुरोध गरेको हो । नागरिक स्वस्थ रहन सके मात्र अन्य विकास र समृद्धिको खास अर्थ रहने त्रियुगाका नगरप्रमुख चौधरीको भनाई छ । नागरिकको जीवनरक्षाका निम्ति सिंगो उदयपुरका सबै स्थानिय तह र सबै जनप्रतिनिधिहरु एकजुट भएर लाग्ने प्रतिबद्धता समेत चौधरीले व्यक्त गर्नुभयो ।
उदयपुर जिल्लामा ८ वटा स्थानिय तहहरु छन् जसमध्ये ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेका छन् । कोभिड १९ संक्रमणको रोकथाम एवम् नियन्त्रणमा जिल्लाका सबै पालिकाहरु एकजुट भई लागि पर्ने उदयपुर पहिलो जिल्ला बनेको छ । अहिले देशका विभिन्न जिल्लाका स्थानिय तहहरु पनि नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्दै खोप खरिद गर्न संघिय सरकारसंग अनुमति मागिरहेका छन् ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here