जयपृथ्वी-नगरपालिका-स्वास्थ्य-सेवामा-उत्कृष्ट
काठमाडौं। उदयपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक बन्न १० जनाले आवेदन हालेका छन्।
सरकारी स्वामित्वको यो उद्योगको महाप्रबन्धक पदका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ १ गते सूचना प्रकाशित गरेको थियो। मन्त्रालयले आवेदन परेका उम्मेद्वारमध्ये कागजात परीक्षण गरी १० जनाको नाम सार्वजनिक गरेको हो।
आवेदन दिनेमा ध्रुवबहादुर देवकोटा, गोपीकृष्ण न्यौपाने, अम्मरराज खैर, संजयकुमार लाल, गोविन्दप्रसाद दाहाल, अरुणकुमार ढुंगाना, विनोद अधिकारी, भुपेन्द्रप्रसाद अर्याल, आनन्द नेपाल र संजयकुमार छन्।
महाप्रबन्धकमा आवेदन दिने देवकोटा उदयपुर सिमेन्टकै नायब महाप्रबन्धक हुन्। न्यौपाने नेपाल व्यवसायिक पहल(एनबिआइ)का सचिव हुन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यका लागि समेत आवेदन दिएका उनी १० वर्षसम्म बैंक तथा फाइनान्समा संचालक बनिसकेका छन्। नाडा अटोमोबाइल र हस्पिटल एसोसिएसन लगायतका संस्थामा रहेर काम गरिसकेका छन्।
आवेदन दिने खैर कृषि सामाग्री कम्पनीका पूर्व प्रबन्ध निर्देशक हुन्। लाल उदयपुर सिमेन्टकै उत्पादन महाशाखा प्रमुख हुन्। दाहाल नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी हुन् भने ढुंगाना कृषि विकास बैंकको पूर्व नायब महाप्रबन्धक हुन्। अधिकारी सर्वोत्तम सिमेन्टका वरिष्ठ महाप्रबन्धक हुन्। नेपाल शंकर ग्रुपका कार्यकारी निर्देशक हुन् भने संजयकुमार नागरिक उड्डयन प्राधिकरणका कर्मचारी हुन्।
प्रतिक्रिया दिनुहोस्