उत्तर कोरियाद्वारा शंकास्पद ब्यालिस्टिक मिसाइल प्रहार

२१ पुस, सिओल  । जापान र दक्षिण कोरियाका अधिकारीहरुले उत्तर कोरियाले शंकास्पद ब्यालिस्टिक मिसाइल प्रहार गरेको बताएका छन्।

दुई देशका अधिकारीहरुले उत्तर कोरियाले बुधबार आफ्नो पुर्वी कोस्ट क्षेत्रमा शंकास्पद ब्यालिस्टिक मिसाइल प्रहार गरेको बताएका हुन्। 

frontline

यदि जापान र दक्षिण कोरियाली अधिकारीहरुको भनाइ सत्य भएमा उत्तर कोरियाले यस वर्ष प्रहार गरेको पहिलो ब्यालिस्टिक मिसाइल हुनेछ।

जापानी रक्षामन्त्री नोवोउ किशिकाअनुसार उत्तर कोरियाले प्रहार गरेको शंकास्पद ब्यालिस्टिक मिसाइल ५ सय किलोमिटरसम्म उडेको थियो भने जापान नजिकैको क्षेत्रमा खसेको थियो। 

दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफका अनुसार सो मिसाइल बुधबार बिहान सवा ८ बजेतिर पुर्वतर्फ प्रक्षेपण गरिएको थियो। 

उत्तर कोरियाले गरेको ब्यालिस्टिक मिसाइल प्रक्षपणबारे विस्तृत विवरण नदिइकनै जापानको तटरक्षकले पहिलो रिपोर्ट गरेको थियो।

‘गत वर्षदेखि उत्तर कोरियाले पटकपटक मिसाइलहरु प्रक्षेपण गर्दै आएको छ। जुन निकै खेदजनक छ’, जापानी प्रधानमन्त्री फुमिओ किशिदाले रिपोटरहरुसँग भनेका छन्। 

उत्तर कोरियाले हालै प्रक्षेपण गरेको शंकास्पद ब्यालिस्टिक मिसाइलबारे जापान र दक्षिण कोरियाका गुप्तचरहरुले अनुसन्धान अघि बढाउने बताइएको छ।

नयाँ वर्षको सुरुवातमा उत्तर कोरियाली नेता किम जोङ उनले यस वर्ष आफु देशको आर्थिक र खाद्य संकट सुधारमा लाग्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here