उज्बेकिस्तानसँग खेल्ने नेपालको सुरुवाती ११ मा एक परिवर्तन

२१ असार, काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको अन्तिम खेलमा उज्बेकिस्तानसँग खेल्ने नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ ।

नेपालले श्रीलंकासँग खेलेको खेलबाट एक परिवर्तन गरिएको छ । प्रीति राईको ठाउँमा पुजा राना टिममा आएकी छन्।

frontline

गोलकिपरमा अन्जना रानामगर छन् । डिफेन्समा समीक्षा घिमिरे, गिता राना र निशा थोकर छन् ।

मिडमा पुजासँगै रेनुका नगरकोटे, सरस्वती हमाल, सबिता रानामगर, अनिता बस्नेत छन् भने फरवार्डमा साबित्रा भण्डारी र रश्मी घिसिङ छन् ।

May be a graphic of 9 people and text that says 'NEPAL STARTING XI #TEAMNEPAL 20 20 ANJANA 12 GITA UZBEKISTAN VS NEPAL AFC Wemen's Caj Sap ualifiers, lizbekistan ት 211 21 NISHA SAMIKSHYA 11 ANITA 7 RENUKA 2 PUJA 18 SABITA 22 SARASWOTI 9 SABITRA (C) 16 ANJILA IGK), 1 USHA (GK], 6 MANMAYA, 23 PRATIKSHA, 3 BIMALA, 14 PREETI, 5 AMRITA, 17 BIMALA, 8 SARU, 19 CHANDRA, 15 ANITA, 13 REKHA 10 RASHMI THE-ANFA.COM'

खेल उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार सवा ९ बजे सुरु हुनेछ ।

यस खेलको विजेता टोली सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ भने त्यसले अन्य मुख्य प्रतियोगिताहरूका लागि पनि ढोका खुल्ने छ ।

एएफसी महिला एसियन कप छनोटनेपाली महिला फुटबल

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here