ईशनाथ नगरपालिकाले किन्यो दमकल
मेवालाल यादव
रौतहट । रौतहटको ईशनाथ नगरपालिकाले आगलागीबाट हुने विपद् न्यूनीकरणका लागि बारुणयन्त्र खरीद गरेको छ । आगलागीबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न नगरपालिकाले बारुणयन्त्र खरीद गरेको नगरपालिका प्रमुख कौशल्या देवीले बताए ।
नगरपालिकाले बारुणयन्त्र खरीद गरी नगरपालिका ल्याएपछि नगरवासी खुशी भएका छन् । ईशनाथ नगरपालिकामा बारुणयन्त्र आएपछि छिमेकी स्थानीय तह राजपुर नगरपालिका, परोहा नगरपालिका र गौर नगरपालिका , बौधिमाइ नगरपालिकामा समेत सेवा पुग्ने बताइएको छ ।
ईशनाथमा आगलागी हुँदा बारुणयन्त्रको अभावमा सदरमुकाम गौर , उत्तरी भेगमा रहेको चपुर नगरपालिका र अन्यत्र जिल्ला बारा , जनकपुरबाट मगाउनुपर्ने बाध्यता रहेको थियो ।
ईशनाथ नगरपालिकाले हालसालै वारुण यन्त्र (दमकल) खरिद गरेको छ। यस खरिदले नगरपालिकाको आगलागी नियन्त्रण क्षमतामा सुधार ल्याउने अपेक्षा गरिएको छ। यसअघि, आगलागीका घटनामा समयमै नियन्त्रण गर्न कठिनाइ भइरहेको थियो । नयाँ दमकलको आगमनले नगरवासीलाई थप सुरक्षाको अनुभूति गराउने विश्वास लिइएको नगर प्रमुख कौशल्या देवीले बताइन् ।
प्रतिक्रिया दिनुहोस्